२०८१ माघ ४ गते शुक्रवार

आज दाङमा ४ जना कोरोना संक्रमित थपिए



२८ कार्तिक,घोराही –
दाङमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २० जनामा गरिएको पिसिआर परिक्षणमा २ जना महिला र २ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा घोराहीका ३ जना र तुलसीपुरका १ जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले दाङले जनाएको छ । यसैविच आज दाङका ५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

संक्रमण मुक्त हुुनेमा घोराहीका ४ जना र तुलसीपुरका १ जना रहेका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ३० रहेकोे छ । उनिहरु मध्य ३ जना आईसियू सहितको उपचारमा र २७ जना घरमै रहेको केन्द्रले जनाएको छ ।।

 

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्