२०८१ माघ ४ गते शुक्रवार

दाङमा एक व्यक्तिको इनारमा खसेर मृत्यु



२८ कार्तिक,घोराही – दाङमा एक व्यक्तिको इनारमा खसेर मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर आठ सौडिमा हिजो पानी तान्ने क्रममा ५४ वर्षिय बल बहादुर विकको मृत्यु भएको हो ।

घर नजिकमा रहेको सार्वजनिक इनारमा खसेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ । शवलाई इनारबाट नेपाली सेनाको रणसिंह दल गणको टोलीले निकालेको हो । करिव ६० पिट गहीरो इनारबाट मेजर धिरज खत्रीको नेतृत्वमा गएको टोलीले सिपाही सुजन खड्काले शवलाई निकाल्नु भएको गणपति प्रमुख सेनानी रविन्द्र महर्जनले जानकारी दिनुभएको छ ।

सिपाही खड्का तालिम प्राप्त कुशल उद्धारकर्ता रहेको उहाँको भनाई छ । हिजो दिउँसो साढे तीन वजे इनारमा खसेका विकको शवलाई वेलुका साढे पाच वजे निकालिएको थियो ।।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्