२९ कात्तिक । कोरोनाभाइरस संक्रमण भएका वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ ।
डा. केसीलाई कोरोनाभाइरस संक्रमण भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनी शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
उनका सहयोगी प्रितम सुवेदीका अनुसार डा.केसीमा खोकी र श्वासप्रश्वासको समस्या देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक ट्विट गर्दै डा.केसीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । सोही ट्विटमा प्रधानमन्त्री ओलीले डा. केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने समेत बताएका छन् ।
प्रकाशित मिति : २०७७ कार्तिक २९ गते शनिवार