दाङ,२८ असोज– विश्वभर ३ करोड ८३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख १३ हजार २८३ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ४८ हजार १२५ पुगेको छ ।
संक्रमितमध्ये २ करोड ८८ लाख ४० हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ९७७ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ८ जनाको मृत्यु भएको छ । योसँगै बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ९० हजार २२५ पुगेको छ ।
प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार