२०८१ माघ १२ गते शनिवार

आगामी तीन दिनको मौसम पूर्वानुमान



असोज २८ गते (बुधबार)

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू(भागमा आंशिक बदली रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती:प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू(भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

असोज २९ गते (बिहिबार)

दिउँसो :प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरैजसो भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी प्रदेशमा आंशिक बदलि रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती:प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

असोज ३० गते (शुक्रबार)

दिउँसो:देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्