२९ भदौ,बाँके – बाँके राष्ट्रिय निकुञ्जमा बाघको खतरा बढ्न थालेपछि राती आवत जावतमा रोक लगाइएको छ । रातको समयमा पैदल, साइकल र मोटरसाइकल यात्रा गर्न रोक लगाईएको छ ।
निकुञ्ज भित्र बाघको चहलपहल निकै बढ्न थालेपछि बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रका पूर्व पश्चिम राजमार्ग अन्तर्गत् निकुञ्जको कोहलपुर–शिवखोला सडकखण्डमा अर्को सूचना जारी नहुँदासम्म साँझ ७ बजेदेखि विहान ६ बजेसम्म पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न बन्द गरिएको बाँके प्रशासनले जनाएको छ ।
अन्य समयमा पनि निकुञ्जद्वारा तय गरिएको व्यवस्था अनुसार सावधानी अपनाएर सुरक्षित यात्रा गर्न प्रशासनले आग्रह गरेको छ । केही दिन यता निकुञ्जको सिक्टा–कुसुम सडकखण्डमा पाटेबाघको चहलपहल बढिरहेको हुदा सुरक्षित साथ बस्न प्रशासनले अनुरोध गरेको छ ।