२९ भदौ,घोराही –
नेकपा माओबादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी दाङको २२ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले कल्याण अधिकारीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
घोराहीको साई मन्दिरमा आज भएको भेलाले नयाँ नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा गिरबहादुर महरा, निश्चल केसी, हिमाल महरा, डिभाईड शर्मा र खगेन्द्र जिएमलाई चयन गरिएको छ ।
त्यसैगरी, सचिबमा गोविन्द मल्ल, सहसचिबमा मोहनराज भुसाल, रामचन्द्र बुढा, भुवन केसी, यामकुमारी विक र कोषाध्यक्षमा हिरालाल ओलीलाई चयन गरिएको छ । अखिल क्रान्तिकारीका निबर्तमान जिल्ला अध्यक्ष जंगबहादुर रोकाको अध्यक्षता एवं अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष दिपेश पुनको प्रमुख आतिथ्यतामा सम्मेलनको उद्घाटन गरिएको थियो ।।