२८ भदौ,घोराही – तुलसीपुरमा आजदेखि विद्यालय बस संचालनमा आएका छन् । उपमहानगरले कोरोनाको संक्रमणदर कम भएसंगै विद्यालय संचालन गर्न दिने तर विद्यालय बस चल्न नदिने निर्णयको चौतर्फी आलोचना भएपछि उपमहानगरले आजदेखि स्कुल बस संचालन गर्न दिने निर्णय गरेको हो ।
विद्यालय बस संचालन नहुँदा टाढा–टाढाका विद्यार्थीलाई विद्यालय पुग्न समस्या भएको , सार्वजनिक बस प्रयोग गर्दा झन् जोखिम बढ्ने भएकाले उपमहानगरपालिकाले विद्यालय बस चल्न पाउने निर्णय गरेको हो ।
नगर शिक्षा शाखाको सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाका लागि आवश्यक मापदण्डको पालना गरी भोलि देखि विद्यालय बस संचालन गर्न दिने भएको हो ।।