२०८१ माघ ५ गते शनिवार

चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको उपाध्यक्षमा दाङका महरा र सदस्यमा पोख्रेल



३० साउन,घोराही- चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश समितिको अध्यक्षमा रुपन्देहीका टंकप्रसाद पोखरेल निर्वाचित हुनु भएको छ ।बुटवलमा भएको प्रदेश समितिको प्रथम साधारण सभा तथा अधिवेशनबाट पोखरेल अध्यक्ष निर्वाचित हुनु भएको हो ।उपाध्यक्षमा दाङका श्रीधर महरा निर्वाचित हुनु भएको छ । यस्तैगरी महासचिवमा जे.पी.कंडेल (रूपन्देही),कोषाध्यक्षमा युवराज न्यौपाने (गुल्मी) र सचिवमा चिरञ्जीवी पोखरेल (पाल्पा) निर्विरोध निर्वाचित हुनु भएको हो ।

यस्तै कार्यसमिति सदस्यहरूमा उदयराज लम्साल (बर्दिया),यमकुमारी सुवेदी (नवलपरासी), मदन खड्का (प्युठान), पदम पोखरेल (दाङ), खिमबहादुर खत्री (रूपन्देही),जयप्रकाश गुप्ता (कपिलवस्तु), सुकदेव बेल्बासे (अर्घाखाँची), उमानाथ घिमिरे (पाल्पा) निर्वाचित हुनु भएको हो । यस्तै रुपन्देहीका मन्जु पराजुली र शिव ज्ञवालीलाई मनोनित गरिएको छ ।

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस्