३० साउन, घोराही –
दाङमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारको क्रममा तुलसीपुर उपमहानगरपालिका ६ का७२ बर्षीया महिलाको आज विहान मृत्यु भएको हो ।
अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार निमोनिया र स्वासप्रस्वासमा समस्या देखिएकी ती महिलाको बुधवारदेखि आईसियुमा उपचार भईरहेको थियो । बेलझुण्डी अस्पतालमा हाल ९ जना संक्रमितको आईसियुमा उपचार भईरहेको छ ।
यो सँगै बैशाख यता दाङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय १० पुगेको छ ।।
प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार