२०८१ चैत्र ६ गते बुधवार

रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु



३० साउन, घोराही –
रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । माडी गाउँपालिका २ घर्तिगाउँमा भएको एम्बुलेन्स दुर्घटनामा एम्वुलेन्स चालकको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ ।

माडी गाउपालिका वडा नं. २ खोलवाङमा आज बिहान साढे ३ बजेतिर स्मृति अस्पताल प्रा.लिको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । चालक माडी ६ कोर्चवाङका रहेको इलाका प्रहरी कार्यालय घर्तिगाउँले जनाएको छ ।

भैरहवाबाट कोर्चवाङ शव पुराएर फर्कने बेला दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झण्डै ६ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।।

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस्