२०८१ असार ६ गते बुधवार

सल्यानको बागचौर नगरपालिकाको करीव ८० करोड बजेट पारित



३० असार, सल्यान  – सल्यानको बागचौर नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७९ करोड ७९ लाख ७९ हजारको बजेट सर्वसम्मत रुपमा पारित भएको छ ।

आज ९ औं नगर सभा मार्फत आर्थिक वर्ष २०७९/०८० का लागि नगरपालिकाको बजेट सर्वसम्मत रुपमापारित गरिएको हो ।

कार्यक्रममा बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा आर्थिक विधेयक र विनियोजन विधेयक २०७९ नगर उप–प्रमुख सुम्निमा डि.सी. वलीले प्रस्तुत गर्नुभएको थियो । यस्तै कार्यक्रम संचालन बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले गर्नुभएको थियो भने स्वागत मन्तब्य स्वास्थ्य शाखा प्रमुख हरि कठायत राख्नुभएको थियो ।

कार्यक्रममा बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम, उप–प्रमुख सुम्निमा डिसी वली, बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, बागचौर नगरपालिकाका १२ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्