२०८१ असार २ गते शनिवार

तुलसीपुर–सल्यान कालीमाटी–सुर्खेत सडक अलपत्र



३० असार, सल्यान – सल्यान हुँदै सुर्खेत जोड्ने मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने तुलसीपुर–सल्यान कालीमाटी–सुर्खेत सडकखण्ड ठेकेदारको लापरबाहीले अलपत्र परेको छ ।

२०७८ असार २० मा सम्पन्न हुनुपर्ने सडक सम्झौता सकिएको एक वर्ष बितिसक्दा समेत आधा पनि काम सम्पन्न हुन सकेको छैन । कालोपत्रे गरिएको ठाउँमा कालोपत्रे उप्किएको छ भने १७ किलोमिटरभन्दा बढी सडकमा कालोपत्रेको काम गर्न बाँकी छ ।

सडकको समयमै स्तरोन्नति नहुँदा कालीमाटी वासीले सास्ती भोग्नुपरेको स्थानीय देवीलाल वलीले बताउनुभयो । उहाँका अनुसार ठेकेदार कम्पनीले चुस्त दुरुस्त काम गर्न नसकेको हो । कम्पनीले सडक छेउमा बालुवा गिट्टी थुपार्दा झन जोखिम बढेको स्थानीयको भनाइ छ ।

निर्माण भएको सडक पनि गुणस्तरीय नभएको स्थानीयको आरोप छ । ठेकेदार कम्पनीको काममा ढिलाई र गुणस्तरीयता कमजोर रहेको उपभोक्ताको गुनासो छ ।।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्