२०८१ असार ६ गते बुधवार

थवाङमा सुरु भयो भूमे पर्वको रौनक, २ दिन सार्वजनिक विदा



३१ जेठ, रोल्पा – रोल्पाको थवाङमा भूमे पर्वको रौनक सुरु भएको छ । प्राकृतिक विपत्तीबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी यो पर्व मनाउने गरिन्छ ।असार १ गतेदेखि ५ गतेसम्म यो पर्व मनाउने चलन रहँदै आएको छ ।

भूमे पर्वको उपलक्ष्यमा थवाङ गाउँपालिकाले असार १ र २ गते सार्वजनिक विदा दिएको छ ।भूमे पर्व अगावै गाउँका युवायुवतीहरु जलजलामा फूल लिन जाने गर्दछन् । पुजारी र दमाहाका साथ फूल लिन जाने चलनलाई ‘मुरुला’ लिन जाने भनिन्छ ।

भूमे पूजा अगावै जलजला देउतालाई शान्त पार्न यसरी फूल लिने र पूजा गर्ने चलन रहेको छ । असार १ गते भूमे पूजा गरिन्छ भने २ गतेदेखि ५ गतेसम्म भूमे नाच र नचारु नाच नाच्ने चलन रहेको छ ।

आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गरेर मातृभूमिप्रति श्रद्धा र आदर प्रकट गर्नको लागि यो पर्व मनाइने गरेको स्थानीय अजय घर्तीमगरले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्