२०८१ फाल्गुन ४ गते आइतवार

पानी नपर्दा देउखुरीको पहाडी क्षेत्रमा मकै छर्न समस्या



३१ जेठ, घोराही – आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा दाङ देउखुरीको पहाडी क्षेत्रका किसानहरू चिन्तित भएका छन् । राप्ती गाउँपालिका र लमही नगरपालिकाको पहाडी भेग करङ्गेकोट, चित्रिकोट, थकरीकोट, बौराहाका किसानहरू समस्यामा परेका छन्।

सिचाइ सुविधा नभएका कारण आकाशे पानीको भरमा मकै खेती गर्दै आएका किसानले जेठको अन्तिम सम्म पनि मकै रोप्न पाएका छैनन् । समयमै मकै रोप्न नपाउँदा उत्पादन घट्न सक्ने भन्दै किसानहरू चिन्तीत भएका छन् ।

मनसुन शुरुआत हुने समय भएता पनि यस क्षेत्रमा पानी नपर्दा किसानहरुको खेतबारी बाँझो हुनुका साथै पशुचौपायलाई चरिचरणमा समेत समस्या भएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्