२०८१ माघ २६ गते शनिवार

सल्यानबाट ५४ करोडको कृषिजन्य वस्तु निकासी



३१ जेठ, घोराही- सल्यानबाट चालु आर्थिक वर्ष २०७८/०७९ को दोस्रो चौमासिकसम्म ५४ करोड बढीको कृषिजन्य वस्तु निकासी भएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म विभिन्न १४ हजार १०७ मेट्रिकटन कृषिजन्य वस्तु निकासीबाट ५४ करोड ५१ लाख ४१ हजार रुपैयाँ जिल्लामा भित्रिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार १ हजार ७५० मेट्रिकटन खाद्य बाली निकासीबाट ५ करोड ६० लाख, ३ हजार ५८० मेट्रिकटन सुन्तला निकासीबाट २० करोड ४० लाख ६० हजार, ३ हजार ५० मेट्रिकटन तरकारी निकासीबाट १२ करोड ३५ लाख २५ हजार आम्दानी भएको छ ।

यस्तै ४ हजार २८५ मेट्रिकटन अदुवा निकासीबाट ११ करोड ९९ लाख ० हजार, १ हजार २१ मेट्रिकटन बेसारबाट २ करोड ६७ लाख ९६ हजार, १९० मेट्रिकटन आलुबाट ५७ लाख र ३१ मेट्रिकटन अन्य निकासीबाट ५५ लाख ८० हजार रुपैयाँ जिल्लामा भित्रिएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्