२०८१ चैत्र १० गते आइतवार

देउखुरीको राप्ती नदीमा एक्स्काभेटरले उत्खनन् गर्न प्रशासनद्धारा रोक



३१ जेठ,घोराही – दाङ देउखुरीको राप्ती नदीमा एक्स्काभेटर लगायत ठूला मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गर्न प्रशासनले रोकलगाएको छ ।

सम्बन्धित निकायको अनुमति बेगर ठेकेदारहरुले ठूला मेसिन प्रयोग गरेर जथाभावी उत्खनन् गरेको भन्दै स्थानीयले नदीमै पुगेर धर्ना दिएपछि प्रशासनले मेसिन प्रयोगमा रोक लगाएको हो ।

राष्ट्रपति चुरे मधेश संरक्षण विकास समितिलगायत सम्बन्धित निकायले अनुमति नदिएको ठाउँमा मेसिन प्रयोग गरेर उत्खनन् नगर्न स्थानीय तहहरु र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएर रोक्न लगाइएको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभएको छ ।

अनुगमन नहुँदा ठेकेदारले ठुला मेसिन लगाएर जथाभावी र तोके भन्दा धेरै परिमाण उत्खनन् गर्दै आएका स्थानिय नागरिकहरुले बताउने गरेका छन् ।

प्रशासनले नदीहरुमा उत्खनन् शुरु भए लगत्तै प्रभावकारी अनुगमन गरेर मापदण्डविपरीत भए रोक लगाउनुपर्नेमा अन्तिम समयमा मेसिन प्रयोगमा रोक लगाएको उनिहरुको भनाई छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्