३१ बैशाख, हुम्ला – हुम्लाको अदानचुली गाउँपालिकामा मतगणना स्थगित भएको छ। मतगणना स्थगित हुँदा अदानचुलिका केहि मतदाताहरु विच झडप भएको छ। झडपमा परि २ जना घाईते भएका छन् । झडप सामान्य पर्नका लागि प्रहरीले हवाई फाएर समेत गरको छ । मतगणनाको लागि आज बिहान ११ बजे सर्बदलिय बैठक निर्वाचन आयोगमा बसेको थियो ।
मतगणनाको क्रममा राजनीतिक दलको तर्फबाट एउटा मतदान प्रतिनिधित्व रहने गरि एकजनामात्र प्रतिनिधि रहन सक्नेछ भन्ने कुरा निर्वाचन आयोग नेपालको बकपत्रमा भयको कुरा निर्वाचन अधिकृत यम प्रसाद वास्कोटाले बुदाबुदामा सुनाउदा नेपाल कम्युनिस्ट पार्टी एमाले दलका नेतृत्वहरु र स्वतन्त्र उम्मेदवारका नेताले यो नियम कार्यनयन नगर्ने कुराले पार्टी पार्टी बीच आन्दोलन भएको छ। सर्बदलिय बैठकमा छलफल सम्पन्न हुन लागेको बेला स्वतन्त्र र एमाले दलका नेताहरू उठेर बाहिर निस्किएका थिए ।
अदानचुली गाउँपालिकामा साना बालबालिका देखी बृद्धअबश्था नागरिकहरु आन्दोलनमा उत्रिएका छन उम्मेदवारका नेतृत्वहरुले आफ्नो कार्याकर्ता भिडाउन गाउँ गाउँ पठाएका छन ।अहिले गाउँ घेराउ र कब्जामा गरियको प्रहरी सुपरिवेक्षण नायब इन्स्पेकटर दिपक मल्लले जानकारी दिनुभयो । यो आन्दोलनको पहल गर्ने ब्यक्ति अदानचुली गाउँपालिका का स्वतन्त्र उपाध्यक्ष उम्मेदवार लोकेन्द्र भन्डारिको पहल देखियको छ।