२०८१ साउन ५ गते शनिवार

एकै दिन ६ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त



३१ बैशाख,घोराही – नेपालमा शुक्रबार एकै दिन ६ हजारभन्दा बढी  संक्रमणमुक्त भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमण बढीले कोरोनालाई जितेका हुन्।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ। यो दर कूल संक्रमितको ७४ दशमलब ५ प्रतिशत हो।

शुक्रबार थप ८ हजार ५२० जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।हाल देशभर १ लाख ७ हजार ३३६ जना सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्