२०८१ साउन ३ गते बिहिवार

नेपालमा कोरोना संक्रमण स्थिर हुँदै, निको हुने बढ्यो, मृत्यु दर उस्तै



३१ बैशाख,काठमाडौं– नेपालमा कोरोना संक्रमण स्थिर हुँदै गएको छ । गएको २४ घण्टामा ८५२० जना संक्रमित भएका छन् ।

२१४७८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८५२० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६१३५ जना निको भएका छन् ।

कोरोनाबाट मृत्यु हुने दर भने उस्तै छ । गएको २४ घण्टामा २०३ जनाको मृत्यु रेकर्ड थप भएको छ । यो नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेकासमेत जोडेर भएको हो ।

हालसम्म मृत्यु हुने ४६६९ जना पुगेको छ । नेपालमा निको हुने दर ७४ दशमलव ५ प्रतिशत रहेको छ ।

नेपालटिभीअनलाईनबाट

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्