३० बैशाख,घोराह-रोटरी क्लव अफ दाङले लकडाउनका बेला विरामीलाई सहजताका लागी थप ५ वटा अटो एम्वुलेन्स सञ्चालनमा ल्याएको छ । माहामारीको विषम परिस्थितीमा कोरोनासँगै अन्य रोगबाट समस्यामा परेका विरामीहरुलाई हस्पिटलसम्म जान सहजताका लागी अटोलाई एम्वुलेन्सका रुपमा प्रयोगमा ल्याईएको क्लवका अध्यक्ष डा चेतनारायन पाण्डेले जानकारी दिनुभयो । हिजो ५ वटा अटो सञ्चालनमा ल्याएर सुरु गरेको अटो एम्वुलेन्सलाई आज १० वटामा पुराएको क्लवको कोभिड राहत कोषका संयोजक मिनराज भाटले जानकारी दिनु भयो ।
अटोलाई सेनिटाईज गरी, चालकलाई पिपिई र बुट जुत्ता प्रदान गरी स्वास्थ्य सजगता अपनाउदै अटो सञ्चालनमा ल्याईएको हो । यस्तै क्लवको कोभिड राहत कोषका संयोजक भाटले अटो एम्बुलेन्सका साथै रोटरीमार्फत् ५ जना चिकित्सकहरुले सामाजिक सञ्जालमार्फत् कारोना सम्बन्धि परामर्श प्रदान गरिहेको जानकारी दिनुभयो ।।