३१ बैशाख,घोराही- घोराही उपमहानगरपालिकाले लागत साझेदारी अनुदानमा अक्सिजन प्लान्ट निर्माणका लागि निजी क्षेत्रहरुलाई आह्वान गर्ने निर्णय गरेको छ । नगर कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको आज बसेको बैठकले अक्सिजन प्लान्ट निर्माणका लागि सबै व्यवसायी तथा अस्पतालहरुलाई आह्वान गर्ने र उपमहानगरले लागत साझेदारीमा अनुदान उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभएको छ ।
दीर्घकालिनरुपमा अक्सिजन प्लान्ट आबस्यक देखिएको र त्यसका लागि नीजि क्षेत्रलाई प्रोत्सान गर्दै उपमहानगरले अनुदानको व्यवस्था गर्ने निर्णय गरेको उहाँको भनाई छ । समितिका संयोजक एवं नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अक्सिजन प्लान्ट निर्माणमा अनुदान, सहकार्य र सहजिकरण गर्ने निर्णय गरेको हो । साथै बैठकले कोरोना महामारीबाट बच्न लकडाउन र स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा बिषेश जोड दिन नगरबासीलाई अपिल गरेको छ ।
उपमहानगरपालिकाले नगरका कोरोना संक्रमित भइ भर्ना गर्नुपर्ने बिरामीलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सँगको सहकार्यमा उपचार हुदै आएको जनाएको छ । जसका लागि ४५ लाख रुपैयाँ नगद दिने सहमती अनुसार ४५ लाख रुपैयाँ र ५० थान सिलिण्डर समेत हस्तान्तरण भैसकेको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभएको छ ।
यसै गरी प्रदेश सरकारले सञ्चालन गरेको कोरोना बिषेश अस्पताल बेलझुण्डिमा पनि नगरका विरामीको उपचार भैरहेको छ । साथै उपमहानगरपालिकाले १९ वटै वडामा स्वास्थ्यकर्मीहरु परिचालन गरि संक्रमित भई घरमै बसेका बिरामीहरुको अबस्था बुझ्ने र आबस्यक स्वास्थ्य परामर्श दिदै आएको प्रमुख घर्तीको भनाई छ