२०८१ जेष्ठ ५ गते शनिवार

आज लकडाउनको १५ औं दिन: सुनसान देखियो दाङ



३१ बैशाख,दाङ–आज लकडाउनको १५ औ दिन । दोस्रो लहरको कोरोना संक्रमण गाउँगाउँसम्म पुगेपछि दाङ सहित ७३ जिल्लामा निषेधाज्ञा जारी भएको छ । यता अन्य दिनजस्तै आज पनि दाङ जिल्लाका शहर बजार सुनसान बनेका छन । जिल्लामा बैशाख १७ गतेदेखि जेठ १ गतेसम्म जिल्लामा निषेधाज्ञा गरेको थियो भने आज बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र दाङको बैठले फेरि जेठ २ देखि जेठ १५ गतेसम्मलाइ निषेधाज्ञा लम्ब्याउने निर्णय गरिसकेको छ ।

जिल्लाका पालिका देखि टोल विकास सस्था पनि सचेत बन्दै गएका छन । त्यस्तै तुलसीपुर ६ कै रजौरा टोलका बासिन्दाहरुको घर घरमा कोरोनाका बिरामी फेला परिरहेको हुदा स्थानिय बासिन्दाहरुलाई नेपाल सरकारले जारी गरेको लकडाउनको पुर्ण रूपमा पालना गरि मास्क सेनिटाईजर र सामाजिक दुरि कायम गरि सुरक्षित हुन अनुरोध गरेको संचारकर्मी कृष्ण अधिकारी बताउनुुभयो ।

जनघनत्व कम भएका पहाडी तथा हिमाली जिल्लामा समेत संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि ७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । त्यसैगरी लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले सर्वसाधारणलाई लकडाउनमा घरभित्रै बस्न र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । अत्यावश्यक सवारी साधन भने संचालन भइरहेका छन् । दाङका बैंकहरु हप्ता को २ दिन संचालनमा आईरहेका छ्न ।।

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्