२०८१ साउन ३ गते बिहिवार

नयाँ वर्षको दिन दाङका पत्रकार प्रियासन राष्ट्रपतिबाट विभुषित



१ वैशाख,घोराही । नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष एवं प्रेस चौतारीका लुम्बिनी प्रदेश इञ्चार्ज सविन प्रियासन बिभुषित हुनुभएको छ । आज (वैशाख १ गते ) नेपाल सरकारले  प्रियासन सहित देशभरका १६ जना पत्रकारलाई राष्ट्रपतिद्धारा बिभुषित गरेको हो । पत्रकारिता क्षेत्रबाट मुलुकको आमुल परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रियासन सहित १६ जना पत्रकारलाई विभुषित गरिएको हो।

गत वर्ष संविधान दिवसको अवसरमा विभुषित गर्ने निर्णय भए पनि कोरोना भाइरस महामहारीका कारण रोकिएको थियो । प्रियासन दाङबाट प्रकाशित हुने गणतन्त्र दैनिकको प्रकाशकरसम्पादक हुनुहुन्छ । पत्रकार महासंघ दाङको दुई कार्याकाल सचिव र एक कार्यकाल सल्लाहकार रहेर काम गर्नुभएका प्रियासन छोटो समयमा पत्रकारितामा राष्ट्रिय रुपमै स्थापित पत्रकारको रुपमा चिनिनुहुन्छ । भर्खरै पत्रकार महासंघको अध्यक्षमा उहाँको कार्यकाल सकिएर निर्वाचन मार्फत नयाँ नेतृत्व आइसकेको छ । उहाँ उपन्यासकार समेत हुनुहुन्छ । प्रियासनका हालसम्म आधा दर्जनभन्दा बढी उपन्यासहरु प्रकाशित भइसकेका छन् । विभिन्न पुस्तक महोत्सवहरुमा प्रियासनका उपन्यासहरु अत्यधिकरुपमा बिक्री बितरण भइरहेका छन् ।

२०६२/०६३ को आन्दोलन अघि साहित्य क्षेत्रमा कलम चलाउने प्रियासन त्यसताकाबाट पत्रकारितामा पनि क्रियाशिन हुनुहुन्छ । उहाँ जनआन्दोलनमा समेत सक्रिय सहभागि हुनुहुन्थ्यो । प्रियासन विभिन्न दर्जनभन्दा बढी सामाजिक संघ सस्थाहरुमा आवद्ध हुनुहुन्छ । यस्तै सरकारले नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकरकँडेलसहित १६ जना पत्रकारलाई मानपदव, अलकार र पदकद्वारा बिभुषित गरेको छ ।

यसरी बिभुषित हुनेमा कँडेलसहित डा। राजेशराज अहिराज, सागर पण्डित, राजेशकुमार अर्याल, गोबिन्दप्रसाद भण्डारी, धर्मेन्द्र कर्ण, सुभेच्छाबिन्दु तुलाधर, चिरञ्जिीवि मास्के (प्रवल जनसेववा श्री चतुर्थ) रहनुभएको छ । यसैगरी टीका बिष्ट, लिलाराज भट्टराई, सूर्यमणि गौतम, सविन प्रियाशन , हरिनारायण गौतम, मोहन बस्नेत, कृष्णचन्द्र लामिछाने र तेजदत्त खकुराललाई जनसेवा श्री पञ्चमबाट बिभुषित गर्ने निर्णय सरकारले गरको हो ।

प्रकाशित मिति : २०७८ बैशाख १ गते बुधवार
प्रतिक्रिया दिनुहोस्