१ वैशाख, प्युठान । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेर स्वर्गद्वारी दर्शनमा गइरहेको गाडी प्युठानमा दुर्घटना भएको छ।
लु१ज १६५५ नम्बरको जिप बुधबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्।दुर्घटनामा सूर्य पन्थी, ईश्वरी भण्डारी र अर्का एक कर्मचारीको ज्यान गएको घटनास्थलमा रहेका प्रहरी नायब निरीक्षक बुद्धिप्रसाद रानाले जानकारी दिए।
एक जनाको उपचारका क्रममा र दुई जनाको घटनास्थलमै ज्यान गएको हो।
घाइतेमध्ये एक जना गाडीमै च्यापिएको र उनलाई निकाल्ने प्रयास भइरहेको उनले बताए। केही समय पहिलेसम्म बोल्दै गरेका उनी अहिले बोल्न छाडेका छन्। अन्य घाइतेको पनि अवस्था गम्भीर छ।
स्वर्गद्वारी नगरपालिका ३ रूमालेस्थित कच्ची सडकमा ओभरटेक गर्ने क्रममा गाडी सडकबाट तल खसेको रानाले बताए।