३० फागुन, घोराही –
नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन विक्रम सिंहले नेपालमा फेरि प्रतिगमनको खतरा बढेको बताउनुुभएको छ । प्रगतिशील पत्रकार संघ नेपाल दाङले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले राजावादीहरु गणतन्त्रलाई निस्तेज पार्दै राजतन्त्रलाई मलजल गर्ने दाउमा लागेकाले देश खतरामा पर्न लागेको बताउनुुभयो ।
उहाँले हिजोका राजावादी शक्तिहरुको विरुद्ध देशमा लामो समय आन्दोलन भएको स्मरण गराउँदै केपी ओली र राजावादी शक्तिहरुको साँठगाँठले बढी खतरा बढेको तर्क गर्नुभयो ।
नेपालका राजावादी र भारतका कट्टर हिन्दुवादीहरु बिच साँठगाठ बढ्नु राम्रो संकेत नभएको बताउँदै उहाँले ओलीको प्रतिगमन विरुद्ध लड्न पाँच दलीय गठबन्धन बनेको जिकिर गरे । यस्तै, ओलीको प्रतिगमन विरुद्ध लड्न पाँच दलीय गठबन्धन बने पनि पछिल्लो समय संसदबाट एमसीसी पास भएपछि आफुहरु सरकारबाट अलग भएको बताउनुुभयो तर, सरकारलाई दिएको समर्थन फिर्ता नलिएको उहाँको भनाई छ ।
जनताको सर्वाधिक चासोको विषय बनेको एमसीसी परियोजनालाई नेपाली कांग्रेसले व्यापक चर्चा गरेपन यो देशको हीत विपरित रहेको उहाँको तर्क छ । हिजोका दिनमा लामो समयदेखि विचाराधिन अवस्थामा रहेको एमसीसी पास गर्दा तय गरिएको १२ बुुँदे स्पष्टीकरण राखिएपनि त्यसको कुनै कानूनी हैसियत नरहेको तर्क गर्नुभयो ।
यसैगरी आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उनले कांग्रेसभित्रको ठूलो शक्ति निर्वाचनमा एक्लै लड्ने दाउमा रहेको बताउँदै गठबन्धनमा रहेका माधव नेपाल, प्रचण्ड भने मिलेर अघि बढ्ने पक्षमा रहेको बताउनुुभयो । आफ्नो पार्टी भने निर्वाचनका विषयमा खुला नीतिमा रहेको स्पष्ट पार्नुभएको छ । तालमेल हुन नसकेमा एक्लै पनि चुनाव लड्ने बताउँदै हिजोका दिनमा एक्लै लडेर पनि चुनाव जितेको इतिहास आफुुहरुसँग रहेको बताउनुुभयो ।
पत्रकार सम्मेलनमा जनमोर्चाका प्रथम उपाध्यक्ष जनकराज शर्मा, जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा, जनमोर्चा दाङ अध्यक्ष गणेश आचार्यलगायत जिल्लस्थित नेता कार्यकर्ता उपस्थित हुनुुभएको थियो । प्रगतिशील पत्रकार संघका अध्यक्ष महेश रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कृष्ण आचार्यले गर्नुुभएको थियो ।।