१ चैत , दाङ । नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा रु। ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापावाल सुन तोलामा रु। ८६ हजार ६०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको हो चैत । फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु। ८६ हजार २०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुन आइतबार तोलामा ८६ हजार १५० मा कारोबार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा रु ८५ हजार ७५० मा कारोबार भएको थियो
।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलामा रु। १ हजार २७० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७७ चैत्र १ गते आइतवार