२०८१ चैत्र १० गते आइतवार

माओवादी केन्द्रको बैठक बस्दै, एमाले भएका बादल समूहमाथि कारबाहीको तयारी



१ चैत,काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा मध्यान्ह बैठक बस्ने तयारी रहेको छ ।

आजको बैठकले माओवादीबाट नेकपा एमालेमा प्रवेश गरेका गृहमन्त्री राम बहादुर थापा बादल, टोप बहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरीसहितका नेताहरु माथि कारबाही गर्ने पेरिसडाँडा स्रोतले जनाएको छ ।

आजको बैठकले एमालेमा लागेका पार्टीका विभिन्न कमिटीमा रहेका नेताहरु तथा निर्वाचित जनप्रतिनिधिहरुलाई कारबाहीको तयारी गरेको हो । सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताइ दिएपछि प्रचण्ड(माधव समूह छुट्टिएर एमाले र माओवादी नै भएपनि प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका माओवादी नेताहरु एमालेमा बसेका हुन् ।

एमालेको बालुवाटार बैठकले बादलको नेतृत्वमा २३ जना पूर्वमाओवादी नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरिसकेको छ । उनीहरुलाई माओवादी केन्द्रले शनिबारको बैठकमार्फत २४ घण्टा समय दिएर फिर्ता बोलाएको थियो ।

तर, उनीहरु सरकार र एमाले त्यागेर नआएपछि अब कारबाहीको तयारी भएको हो । आजको बैठकले उनीहरुमाथि कारबाही गर्दै अगाडि बढ्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।फरकधारबाट

प्रकाशित मिति : २०७७ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस्