२०८१ चैत्र ११ गते सोमवार

लुम्बिनी प्रदेशका पत्रकारलाई पुँजीबजार सम्बन्धि तालिम



२ फागुन,भालुबाङ – नेपाल धितोपत्र बोर्डको आयोजना एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको सहकार्यमा लुम्बिनी प्रदेशका आर्थिक पत्रकारका लागि एक दिवसीय पुँजीबजार सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम भालुबाङमा सम्पन्न भएको छ ।

प्रदेशभरका पत्रकारहरूलाई पुँजी बजार सम्बन्धि रिपोर्टिङ गर्न सजिलो होस् भन्ने उद्धेश्यले तालिम आयोजना गरिएको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईंले जानकारी दिनुभयो ।

पत्रकारहरूलाई आर्थिक विटमा कलम चलाउनका लागि यो तालिमले महत्त्वपूर्ण सहयोग पुर्याउने उहाँको भनाइ छ । तालिममा पुँजी बजार, धितोपत्र बोर्ड, बजारको जोखिम पहिचान, बित्तीय साक्षरता, पुँजीबजार सम्बन्धि रिपोर्टिङ लगायतका विषयमा प्रशिक्षण दिइएको पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डवप्रसाद शर्माले बताउनुभयो ।

तालिमको प्रशिक्षकमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका सहायक प्रवन्धक मुराहरी पराजुली, नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक अजय ढुंगाना र सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सहायक प्रवन्धक सुरज कार्की रहनुभएको थियो ।

राजधानीमा पुँजीबजार सम्बन्धि विभिन्न तालिम तथा प्रशिक्षणहरू सञ्चालान भए पनि प्रदेशस्तरमा यसप्रकारको कार्यक्रम पहिलोपटक सञ्चालान भएको महासंघका सचिव गोविन्दप्रसाद शर्माले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्