२०८१ चैत्र ११ गते सोमवार

घोराहीमा ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव’ शुरु



२ फागुन,घोराही- दाङको घोराहीमा आजदेखि ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ शुरु भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराही उपमहानरपालिका–१४ झिँगौरामा महोत्सव शुरु भएको हो ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले गरे । महोत्सव उद्घाटन गर्दै मन्त्री न्यौपानेले नेपालमा पर्यटन विकासको अथाह सम्भावना भएपनि यसको विकास र प्रवद्र्धन हुन नसकेको बताए । ‘हाम्रो देशमा पर्यटन विकासको सम्भावना अत्यन्त राम्रो तर हामीले यसको राम्रो योजना बनाउन सकेका छैनौं’, उनले भने ।

त्यसमा पनि लुम्बिनी प्रदेशमा पर्यटनको अधिक सम्भावना भएको भन्दै यसको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले योजना बनाइरहेको मन्त्री न्यौपाने बताए । उनले यस्ता योजनालाई संघीय, प्रदेश र स्थानीय सरकारसँग जोडेर लैजान सकियो भने सार्थकता पाउने बताए ।

अबको समयमा कसको सत्ता कहिले ढल्छ र ढलेपछि हामी जाउला भन्ने भन्दा पनि सबै मिलेर मुलुकको आर्थिक विकासमा जोड दिनुपर्ने मन्त्री न्यौपानेको भनाइ थियो । आफ्नै देशमा पर्यटन, विभिन्न उद्यामशीलताको विकास गर्न सकियो भने दैनिकजसो विदेशिने युवाहरुलाई स्वदेशमै रोजगार दिन सकिने र उनीहरुले पनि स्वदेशमै आफ्नो भविश्य देखे विदेश नजाने उनले बताए । यसमा राज्य लाग्नुपर्नेमा समेत मन्त्री न्यौपानेले जोड दिए ।

महोत्सव उद्घाटन अघि घोराहीमा विभिन्न झाँकीसहितको शोभायात्रा निकालिएको थियो । शोभायात्राले बजार परिक्रमा गरी महोत्सव स्थलमा पगेको थियो । फागुन १८ गतेसम्म चल्ने महोत्सव अवधिभर दुई लाख दर्शकले अबलोकन गर्ने र २० करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ । महोत्सव प्रवेशका लागि सर्वसाधारलाई १०० र विद्यार्थीलाई ८० रुपैयाँ टिकट शूल्क निर्धारण गरिएको छ । महोत्सवमा कृषि उत्पादनदेखि स्थानीय उत्पादनलगायत विभिन्न करिव ४०० व्यापारिक स्टलहरु रहेका छन् ।।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्