२०८१ माघ ४ गते शुक्रवार

घोराहीमा फुटबल प्रतियोगिता सुरु, १२ क्लबको प्रतिस्पर्धा



२ माघ,घोराही- प्रथम सहिद लखन थापा स्मृति कप फुटबल प्रतियोगिता आजबाट सुर भएको छ । नेपाल मगर संघ घोराही उपमहानगरपालिका नगर स्तरीय समितिले आज एक कार्यक्रमको आयोजना गरि प्रतियोगिताको उद्घाटन गरेको हो । नगर अध्यक्ष देवबहादुर बुढा मगरको अध्यक्षता एवं केन्द्रिय अध्यक्ष नविन रोका मगरको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रोकामगरले सरकारले लखन थापालाई प्रथम सहिद घोषणा गरेपनि ब्यवहारिक कार्यान्वयन नगरिएको भन्दै दुखेसो पोख्नुुभयो । जनताको न्याय र मुक्तिका लागी राणा शासन विरुद्ध लाग्दा थापाले आफनो ज्यानकै वलिदानी दिनुभएकोेले उहाँलाइ मगर समुदायले मात्र नभइ सम्पुर्ण नेपालीको सहिदका रुपमा सम्मान गर्नुपर्ने बताउनुुभयो ।

प्रथम सहिद थापाको जिवनी पाठ्यक्रममा समावेश गर्नुपर्ने, राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने, फागुन २ लाई सहिद सप्ताह भित्र पार्नु पर्ने तर्फ सरकारको ध्यान जानआवश्यक रहेको उहाँको भनाई थियो । औपचारिक कार्यक्रम गर्नुअघि घोराही १४ स्थित लखनपार्कबाट झाँकीसहितको र्याली खेलमैदानमा पुुगेर प्रतियोगिताको उदघाटन गरिएको थियो ।

फागुुन १५ गतेसम्म चल्ने नकआउट चरणमा खेलाईने प्रतियोगितामा १२ क्लबको सहभागिता रहेको छ । खेलको आज पहिलो दिन यूएनविसी र मेघा स्पोर्ट्स क्लवविच खेल भएको छ । प्रथम सहिद थापाको १४५ औँ स्मृति दिवसको अवसर आयोजना गरिएको प्रतियोगिताको विजेता क्लबले नगद १ लाख, र उपविजेता क्लवले नगद ५० हजारसहित मेडल र प्रमाण पत्र पाउने छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्