२ फागुन,घोराही – दाङको बंगलाचुली गाउँपालिकाको ८ वटै वडा कार्यालयहरु अब आफ्नै भवन बाट संचालनमा आएका छन् । बंगलाचुली गाउँपालिका वडा नम्वर ७ को वडा कार्यालय भवनको उद्घाटन गरेसंगै अब गाउँपालिकाको ८ वटै वडाका आफ्नै कार्यालय भवनबाट सेवा प्रवाह हुने भएको हो ।
यो भन्दा अगाडी बंगलाचुली गाउँपालिका वडा नम्वर ७ को वडा कार्यालय भाडाको घरबाट संचालनमा आएको थियो । बंगलाचुली गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष गिर बहादुर थापाको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको प्रमुख आतिथ्य तथा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा ईन्जिनिएर विकेश न्यौपानेको विशिष्ठ आतिथ्यमा वडा कार्यालय भवको उद्घटन गरिएको हो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बंगलाचुली गाउँपालिकाको सबै वडाकार्यालयहरु अब आफ्नै भवनबाट जनतालाई सेवा दिन सक्नेगरी भौतिक पूर्वाधार निर्माण भएको बताउनु भयो ।
उहाँले आफुहरु निर्वाचित भएर आई सकेपछि गाउँपालिकको समग्र विकासका लागि निरन्तर लागि परेका कारण अहिले बंगलाचुलीमा विकासले गतिलिएको बताउनुभयो । कार्यक्रमको सहजिकरण वडा सचिव चेतन अधिकरीले गर्नुभएको थियो ।।