२०८१ मङ्सिर २५ गते मङ्गलवार

टरिगाउँ विमानस्थलको स्तरोन्नतीका लागी खुत्रुके अभियान शुरु



२ फागुन,घोराही –
तुलसीपुरको टरिगाउँ विमानस्थलको स्तरोन्नतीका लागी खुत्रुके अभियान शुरु गरिएको छ । तुलसीपुर उद्योग बाणिज्य संघको अगुवाईमा खुत्रुके अभियानको थालनी गरिएको हो । संघका अध्यक्ष रामप्रसाद चालिसेले संघका कोषाध्यक्षलाई ५१ हजार रुपैयाको चेक हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गर्नुभएको छ ।

संघले टरिगाउँ बिमानस्थल स्तरोन्नतीको लागी आयोजना गरेको बैठकमा खुत्रुके अभियान सुभारम्भ गरिएको जनाएको छ । राष्ट्रिय बाणिज्य बैंकमा गरिएको खाता संचालनमा स्वच्छिक रुपमा रकम जम्मा गर्ने गरी खुत्रुके अभियानको सुभारम्भ गरिएको अध्यक्ष चालिसेले बताउनुभयो । सवै संगको हातेमालो र सहकार्यबाट आर्थिक संकलन गरी स्तरोन्नतीको सुरुवात गर्ने उद्देश्यका साथ अभियान संचालन गरिएको उहाले बताउनुभयो ।

२०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थलको अहिलेसम्म पनि स्तरोन्नती हुन नसक्दा जिल्लाबासी नेपालगंज वा भैरहवाबाट हवाई सेवा लिन बाध्य छन् । तुलसीपुरबाट नियमित र सहुलियत पूर्ण विमान सेवा नहुुँदा नागरिकले सास्ती व्यहोर्दै आएका छन् ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्