२०८१ मङ्सिर १६ गते आइतवार

भोली लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा



२ फागुन,घोराही –
लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकारको स्थापना दिवसका कार्यक्रमहरु स्थायी राजधानी दाङमा गर्ने भएको छ । प्रदेश राजधानीका सबै कार्य प्रदेशको मुकाम बुटवलबाट सञ्चालन भइरहेको भएपनि स्थापना दिवस भने भोली दाङको देउखुरीमा प्रदेश स्थापना दिवस मनाउने तयारी गरिएको हो ।

स्थायी राजधानीको अपनत्व लिन दाङको भालुबाङमा स्थापना दिवस मनाउने निर्णय गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताउनुभयो ।

स्थापना दिवसमा सरकारले घोषणा गरेको पदक, विभूषित हुने संस्था र व्यक्ति, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न मन्त्रालयबाट भएको प्रगति प्रतिवेदन, प्रदेशको डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभूषण वितरण गरिने छ । यसैबिच लुम्बिनी प्रदेश सरकारले भोली प्रदेश स्थापना दिवस अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।।

प्रकाशित मिति : २०७८ फाल्गुन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्