२ फागुन,घोराही ।
आज दाङको घोराही र वंगलाचुलीका गरि जम्मा १०९ जनाले कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएको घोराही उपमहनगरपालीकाका जनस्वास्थ्य अधिकृत विकेश रेग्मीले जानकारी दिनुभएको छ । जनस्वास्थ्य अधिकृत विकेश रेग्मीका अनुसार घोराही उपमहनगरपालीकाका ९१ जना र वंगलाचुली गाउपालीकाका १८ गरि आज पहीलो दिन १०९ जनाले कोभिशिल्ड’ खोप लगाएका छन ।
आज ११ जना पत्रकार, १६ जना जनप्रतीनीधी, निजामती तथा कर्मचारी ३० जना, महीला स्वास्थ्य स्वयसेविका ६ जना, एम्वुलेन्स चालक २ जना सुरक्षाकर्मी १९ जना, वैक कर्मचारी ६ जना र अन्य १ गरि जम्मा १०९ जनाले कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका छन। यो अभियान फाल्गुन ८ गतेसम्म जारी रहने पनि घोराही उपमहनगरपालीका का जनस्वास्थ्य अधिकृत विकेश रेग्मीले जनाकारी दिनुभएको छ।