२०८१ चैत्र १३ गते बुधवार

प्रचण्ड–माधव समूहको चौथो चरणको विरोध कार्यक्रमको घोषणा



२ फागुन,घोराही।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले चौथो चरणको विरोध कार्यक्रम घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सडक सङ्घर्षमा रहेको प्रचण्ड–माधव समूहले आज पत्रकार सम्मेलन गरेर सङ्घर्षको चौथो चरणको कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलनका कार्यक्रमअनुसार आउँदो बुधबारदेखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन हुने छ । यस्तै बिहीवार काठमाण्डौको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

समूहले फागुन ७ गते पालिकाको वडास्तरमा विरोध कार्यक्रम, ८ गते काठमाण्डौमा प्रतिगमनविरुद्ध अन्तरक्रिया, ९ गते प्रतिगमन र महिला हिंसाका घटनाविरुद्ध देशव्यापी विरोधलगायतका कार्यक्रम रहेकाछन् ।
त्यस्तै १२ गते चितवनमा र फागुन २१ गते दाङमा ठूलो विरोध सभा हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्