२०८१ चैत्र ११ गते सोमवार

आजबाट तेस्रो चरणको कोरोना खोप अभियान सुरु, क–कस्ले लगाउदै छन् ?



२ फागुन,घोराही । तेस्रो चरणको कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ। सरकारले आइतबार (आज )देखि खोप अभियान सुरु गरेको हो ।

यसअघि सरकारले माघ २४ गते पहिलो र ३० गते दोस्रो चरणको खोप अभियान सञ्चालन गरेको थियो। तेस्रो चरणको खोप अभियान आज देखि फागुन ८ गतेसम्म सञ्चालन हुने खोप महाशाखाले जनाएको छ ।

आज देखि सरकारी कर्मचारी स्थानीय तहका जनप्रतिनिधि लगायतलाई कोरोना खोप लगाउने भएको छ ।

कोरोनाबिरुद्धको खोप अभियान अन्तर्गत सरकारी कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि, बैंकका कर्मचारी, सीमा सुरक्षा पोस्टमा खटिएका कर्मचारी खोप दिइने खोप महाशाखाले जनाएको हो ।

यस्तै सरकारले फागुन २३ गतेदेखि ५५ वर्षमाथि उमेर समूहका सर्वसाधारणलाई खोप दिने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप आउने निश्चित भएपछि सर्वसाधारणलाई खोप दिने तयारी मन्त्रालयले गरेको हो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्