२०८१ चैत्र १० गते आइतवार

नेप्सेको भवन अगाडि सेयर बजार सुधारको माग राख्दै आमरण अनसन सुरू



२ फागुन । पुँजी बजार सुधारको माग गर्दै सेयर बजारका लगानीकर्ता तिलक कोइरालाले आमरण अनसन सुरु गर्नुभएको छ् ।

पुँजी बजार विकास र विस्तारका लागि गर्नुपर्ने काम नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जले नगरेको भन्दै कोइरालाले आमरण अनसन शुरु गर्नुभएको हो ।
आइतबार विहान सिंहदरवार प्लाजास्थित नेप्सेको भवन अगाडि कोइराला अनसन बस्नुभएको छ । पछिल्लो समय बजार सुधारका लागि आवश्यक कामहरु नगरेका कारण जोखिम बढेको उहाँले बताउनुभयो । जोखिम बढ्दा बजार विकासको कामहरु अवरुद्ध भएका कारण आफू अनसन बस्न बाध्य भएको अनसनरत कोइरालाले जानकारी दिनुभयो ।

‘अहिले खासगरी १८ वटा कामहरु गर्नुपर्ने छ, ति कामहरु १ वर्ष अगाडि नै गर्नु पर्ने थियो गरिएन’ कोइरालाले भन्नुभयो ‘यी काम नहुँदा सेयर बजारमा रिस्क बढेको छ जसले बजार विकास अवरुद्ध भएको छ, यो नै हाम्रो एक शुत्रीय माग हो ।’ सरकारी पक्षबाट यी मागहरु पुरा नभएसम्म आफ्नो अनसन जारी रहने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २ गते आइतवार
प्रतिक्रिया दिनुहोस्