नारी शब्द आफैमा यति अमुल्य छ कि यसो झट्टै सुन्दा मलाइ मेरि आमाको बिछ्ट्टै माया लागेर आउँछ। मलाई यो पनि लाग्छ नारी हुनुमा मेरो समाजलाई स्विकारे छैन तर त्याहि समाज नारी बिना अधुरो र अपुरो छ । मलाई बडो अचम्म लाग्छ नारी बिना कसैको घरको चुल्हो पनि बल्दैन , तर बिड्म्बना त्याही घरमा नारिले जन्म लिनु मनाही हुन्छ। यदि तपाईं पुरुष हुनुहुन्छ भने तपाईं ढुक्क हुनुहोस तपाईलाई स्वागत गर्न यो धर्तिमा हजारौ मान्छेले पर्खिराखेका छन , यदि तपाईं नारी हुनुहुन्छ भने गर्भ अबस्थामा रहेको तीन महिना अघि नै अस्पतालको बेडमा चेकजाँच गर्न लगाईन्छ यदि तपाईं नारी पर्नु भयो भने तपाईको भ्रुण हत्या गरिन्छ । जुन नारिको जन्म दिन खोज्ने नारी (आमा) मन भरी पीडा बेदनाको भारी बोकेर समाजको अगाडी मुस्कुराई दिनुहुन्छ ।
आमालाई त्यो गर्भको छोरी गुमाउनुको पीडा त अलग्गै छ त्यो भन्दा बढि पीडा समाजले मलाई कुन उपनाम दिने हो भन्ने कुराले बारम्बार सताईरहन्छ यदि तपाईं नारी हो भने तपाईले आफु मात्र दुख पाउनु हुन्न, जन्म दिने आमाले पनि समाजको अगाडी हेपाई खेप्नु पर्छ। कति अबस्थामा त छोरा नजन्मिउन्जेल सम्म सन्तान जन्माईराख्नु पर्छ यदि तपाईं नारी हो भने ,तपाईं जन्मिसके पछि शरिरमा जति अङ्ग छन ,ती सबै अङ्गमा परिवार र समाजको इज्जत बोकिदिनु पर्छ । ढुक्क हुनुहोस तपाईं पुरुष हो भने तपाईंलाई यत्रो बोझ बोकाउन मनाही छ । यदि तपाईं नारी हो भने मेरो समाजमा तपाईको लवाई खुवाई फरक तरिकाले गर्नु पर्छ तपाईं सस्कारी बन्नु पर्छ नत्र मेरो समाज र बाउआमाको इज्जत जान्छ ,छोरा हो भने तपाईले जे गर्दा नि हुन्छ तपाईलाई इज्जतको खाचो पर्दैन ।
मेरो समाजले सिकाएको कुरा । यदि तपाईं नारी हो भने बिचार गर्नुस है तपाईं अरुको नियन्त्रणमा चल्नु पर्छ । तपाईको शरीर शरीर मात्र नभएर खजनाजस्तो बनाइन्छ । नारिको शरीर नारिको कहिलै हुदैन । मेरो समाजमा नारी सुरक्षित छैन एक्लै खुलेर हिड्न सक्ने बाताबरण छैन । दिनभरी बनमा घाँस काट्न गएको छोरी साझ घासको भारी बोकेर जिउदो घर फर्किन्छ फर्किदैन पत्तो हुदैन । हजारौ सपना बुनेर कलेज स्कुल पढ्न गाएकि छोरी साझ घर फर्केर आउँछ कि आउदैन थाहा हुदैन ।
समाजका गिद्धहरुले कतै बाटोमै आक्रमण गर्ने हुनकि बलात्कार पछि घाँटी थिची थिची मार्दिन्छन कि जस्ता कुराहरु मेरो मनमा बारम्बार खेलिरहन्छ ,र झट्ट एक पटक आफुलाई सम्झिन्छुय ओहो ! मैले धन्न छोरा भएर जन्म लिएछु धन्य होस भगवान १ मलाई लाग्छ यदि म छोरी भएर जन्म लिएको भए म यो धर्तिको बोज मात्र हुन्थे सायद म यति स्वतन्त्र भएर हिड्न सक्ने थिएन । यति कुरा लेख्दै गर्दा सुदुर पश्चिम्कि भागरथी भट्टको स्कुलबाट फर्किने क्रममा बलात्कार पछि हत्या भएको बेला मैले लेखेको एउटा गजल झट्ट याद आयो।
बलत्कार भैइरहयो नारी एक अनजान बाट
हाम फाल्न बाध्य छन आमा पखान बाट
कति रोई होलिन ती आमा छोरिलाई सम्झेर
पढ्न गाको छोरी लास भएर आउदा आगनबाट
न्याय मिल्दैन मेरो देशमा सधै बोलिराख्नु पर्छ
अपराधी लुकाइन्छ ठुलाबडाकै चिनजान बाट।।
अचेल त आफ्नै बाउको पनि भर लाग्न छोड्यो खबर सुन्छु बा निस्केको छोरीको ओछ्यानबाट ।।
मैले यति कुरा लेख्दै गर्दा मैले मेरो आमालाई पुन सम्झिए मेरो आमाले हिजो मलाई जन्माउने बेला कति दुस्ख भोग्नु पर्यो होला , मेरो बहिनीलाई जन्माउने बेला समाजले मेरो आमालाई कस्तो खालको यातना दियो होला । मलाई यस्तै यस्तै कुराहरु मनमा खेल्ने गर्छन । र अनि पाच रुपियाको कलम समातेर किताब भरी आमाको कथा लेख्ने गर्छु । जुन समाजमा नारिको इज्जत ,मान ,सम्मान ,हुदैन ,जुन समाजमा सुरक्षित हुदैन , त्याही समाजमा हाम्री आमा कसरी आमा बन्न पुगिन आखिर हाम्री आमा पनि नारी हुनुहुन्छ तर त्यो घरमा छोरी जन्माउन मनाही छ संदेश नारी लाई कमजोर नसोच्नुस जब हामीलाई कुनै सानो चोट पर्दा मरेतुल्ले बन्छौ यदि हाम्रो शरीरमा रहेको २०६ वटा हड्डि एक्कै साथ भाचेर हामीलाई चोट दिए भन्दा पनि बढि चोट सहेर बच्चा लाई जन्म दिने महान ब्यक्ती नारी नै हुन । नारी सृष्टि हो ,नारी ममताको खानी हो ,नारी भगवान हो ! जय नारि !!