३० पुस,घोराही – दाङ्गाली गायक शालिक रोका क्षेत्रीको “मालीगाई” बोलको लोकगित बजारमा आएको छ । नेपाली गितसंगित क्षेत्रमा निकै मेहनत गर्दे आएका गायक क्षेत्रीले उत्कृष्ठ म्युजिक भिडियो बजारमा ल्याउनुभएको हो । उक्त गितमा सांगीतिक क्षेत्रमा कुशल म्युजिक रेकर्डिस्टको रुपमा चिनिने रेकर्डिस्ट सुमन रानाले अभिनय गर्नुभएको छ ।
भिडियोमा उहाँलाईलाई मोडेल करिष्मा ढकालले साथ दिनुभएको छ। प्रायः गीत रेकर्डिङमै व्यस्त हुने सुमन पछिल्लो समय अभिनयमा पनि सक्रिय देखिनुहुन्छ । शुक्रबार रिलिज “मालीगाई” बोलको गितमा गायक क्षेत्रीलाई अहिलेकी चर्चित गायीका शान्तिश्री परियारले साथ दिनुुभएको छ ।गीतको शब्द सुजन लम्सालले लेख्नुुभएको छ भने संगीत प्रशान्त परियारको रहेको छ। गीतको अडियोसंगै भिडियो पनि उत्कृष्ट छ।
सुमन र करिश्माको जोडी भिडियोमा गजब देखिएको छ। भिडियोलाई राजकुमार मगरले निर्देशन गर्नुभएको छ । अमर सुनार भिडियोका कोरियोग्राफर हुनुहुन्छ । प्रकाश खड्काले आकर्षक फ्रेममा खिचेको भिडियोलाई राजकुमारले नै सम्पादन गर्नुभएको छ ।भिडियो “राजकुमार फिल्म्स” नामक युट्युब च्यानलबाट रिलिज गरिएको हो।।
हेर्नुहोस भिडियो….