२०८१ फाल्गुन ३ गते शनिवार

सडक मानवलाई उद्दार गर्दै नयाँ पाइला



१ माघ,घोराही।
लागुपदार्थ दुव्र्यसनीमा फसेका युवाहरुलाई उपचार गर्दै आएको नयाँ पाइला पुनस्र्थापना केन्द्रले सडकमा बेवारिसे अवस्थामा रहेका सडक मानवलाई समेत उद्धार गर्न थालेको छ ।

स्थानीय तह र प्रहरीको सहकार्यमा दुई जना बेवारिसे अवस्थामा रहेका सडक मानवको उद्धार गरिएको संस्थाका निर्देशक सुरेश भुसालले जानकारी दिनुभयो । सल्यान छत्रेश्वरी गाउँपालिकाका ४० वर्षिय एक व्यक्तिलाई तुलसीपुर ९ दोघर्रेबाट उद्धार गरी संस्थामा राखिएको छ ।

निज व्यक्ति अत्यधिक गाँजा र मादक पदार्थ सेवनका कारण मानसिकरुपमा अस्वस्थ भएकाले डाक्टरको सल्लाहमा उपचार सुरु गरिएको निर्देशक भुसालले जानकारी दिनुभयो ।

यसैगरी, तुलसीपुर उपमहानगरपालिका र नयाँ पाइला पुनस्र्थापना केन्द्रले एक जना जेष्ठ नागरिकको उद्धार गरेका छन् । तुलसीपुर उपमहानगरपालिका ९ को दोघर्रेबाट सल्यान जिल्ला त्रिवेणी गाउँपालिका ७ का लुहामका ७५ वर्षिय दलबहादुर महतराको उद्धार गरिएको हो ।

उद्धार गरिएका दुवैलाई संस्थाले निशुल्करुपमा बसोबास, खानपिन र उपचारको व्यवस्था गरेको छ । संस्थाका हाल ४५ जना लागुपदार्थ दुव्र्यशनीको उपचार भइरहेको छ ।।

 

प्रकाशित मिति : २०७७ माघ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्