२०८१ चैत्र ११ गते सोमवार

दाङ मगर संघको आयोेजनामा विविध सास्कृतिक कार्यक्रम



१ माघ, दाङ । नेपाल मगर संघ दाङको आयोजनामा आज घोराहीमा धनुषवाण तथा विविध सास्कृतिक कार्यक्रम सुभारम्भ भएको छ । ३ दिनसम्म चल्ने कार्यक्रममा विविध सास्कृतिक कार्यक्रम हुनेछन । नेपाल मगरसँघ दाङ जिल्ला अध्यक्ष खलु प्रसाद पुन मगरको अध्यक्षतामा कार्यक्रमको सुभारम्भ गरिएको हो ।

नेपाल मगर विद्यार्थी संघ दाङका अध्यक्ष तथा नेपाल मगर संघ दाङका सक्रिय सदस्य प्रकास पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारु तथा मगरको विषेश पर्वको अवसरमा सु स्वास्थ, दीर्घायु, एवम उत्तरउत्तर प्रगतिको सबैलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

उहाँले थारु भाषा अहिले नगरपालिकामा अनिवार्य गरिएको र अव मगर भाषालाइ पनि अनिवार्य गराउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले आफ्नो भाषा, सस्कृतिलाई भुल्न नहुने र सास्कृतिक परम्पराले नै समाजमा सहिष्णुता कायम गर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुखहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७७ माघ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्