२०८१ भाद्र २९ गते शनिवार

कोरोना परीक्षणका लागि क्रिस्पर प्रविधि प्रयोगमा ल्याउने तयारी सुरु



१ माघ, काठमाण्डौ । सरकारले कोरोना परीक्षणका लागि क्रिस्पर प्रविधिप्रयोगमाल्याउने तयारी सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिकाको मसाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी एम.आई.टी ले बनाएको पिसिआर परीक्षण गर्ने क्रिस्पर प्रविधि नेपालमा भित्र्याउने तयारी गरेको हो । मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको समन्वयमा पिसिआर परीक्षण गर्ने प्रविधि नेपाल भित्र्याउन लागेको हो ।

बुधवार अमेरिकाको बोस्टन युनिभर्सिटीमा कार्यरत वरिष्ठ वैज्ञानिक दिग्विजय महतले पछिल्लो दुई सातादेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यो प्रविधिको परीक्षण भइरहेको बताए ।उनले क्रिस्पर टेक्नोलो जीएम आईटीका वैज्ञानिकहरुको कोरोना भाइरसको संक्रमण पुष्टि गर्नका लागि प्रयोग गरिने पिसिआर परीक्षण गर्नका लागि बनाएको भन्दै यसलाई अमेरिकाको खाद्य तथा औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकै जनशक्तिलाई प्रयोग गरेर यस प्रविधिबारे परीक्षण गरिरहेको भन्दै महतले यो प्रविधिनिकै सस्तो र विश्वसनीय रहेकाले नेपालका लागि निकै उपयोगीहुने दावी गरे । महतका अनुसार १० मिनेटमा ९० जनाको कोरोना परीक्षण गर्न सकिन्छ । हालसम्म ३ सय ६० जनाको कोरोना परीक्षण क्रिस्पर प्रविधिबाट गरिएको र त्यो ९८ दशमलव ३३ प्रतिशतसम्म सफल भएको महतले बताए ।

प्रकाशित मिति : २०७७ माघ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्