२०८२ बैशाख ९ गते सोमवार

भद्रकालीको आकाशे पुलमुनि बस पल्टँदा तीन घाइते



०१ माघ, काठमाडौं । भद्रकालीस्थित आकाशेपुल नजिक वा ३ ख ४४३७ नम्वरको बस अनियन्त्रित भइ पल्टिँदा तीनजना घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार बिहीबार बिहान भएको दुर्घटनामा घाइते भएकाहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको तर सबैको पहिचान खुलिनसकेको जनाइएको छ । घटनापछि केहीबेर सवारी साधन आवागमनमा समस्या भए पनि अहिले सञ्चालनमा रहेको विष्टले जानकारी दिए। बसमा तीनजना मात्रै यात्रु रहेको रहेको बुझिएको छ ।

प्रकाशित मिति : २०७७ माघ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्