२७ मंसिर,घोराही – रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ डोमफे भन्ने ठाउँबाट लागु औषध चरेससहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा थबाङ गाउँपालिका–४ घरभई सुलिचौर बजारमा व्यवसायी गर्दै आएकी थमकली घर्ती रहेको इलाका प्रहरी कार्यालय सुलिचौरले बताएको छ।
सुनछहरी गाउँपालिका पोबाङबाट सुलिचौर आउँदै गरेको रा १ ज ४०५ नम्बरको जीपमा विशेष सुचनाको अधारमा इलाका प्रहरी कार्यलय सुलिचौरको टोलि चेक जाँच गर्नेक्रममा घर्तीको सुलिचौर बजार स्थित पसलमा चरेस फेला परेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुलिचौरले बताएको छ।
घर्तीको पसलबाट १० कि।लो २३० ग्राम चरेस बरामद भएको र उक्त चरेस भालुबाङसम्म पुर्याइदिनु भनेर एकजना बागलुङ घर बताउने व्यक्तिले दिएपछि आफुले सहयोगको लागि ल्याइदिएको र उनले त्यो गरे बापत केही रकम दिन्छु भनेपछि आफुले ल्याएको प्रहरी समक्ष घर्तीले बयान दिएकि छन यद्यपि उक्त व्यक्तिको विवरण भने खुलाएकि छैनन। उक्त कारोबारमा संलग्न थप विवरण बारे घर्तीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुलिचौरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए।