२०८१ चैत्र ६ गते बुधवार

रोल्पामा विप्लबका बिद्यार्थीद्वारा बिद्यालयमा तालाबन्दी



 २७ मंसिर,रोल्पा –
नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको बिद्यार्थी संगठन अनेरास्ववियुले रोल्पाको सदरमुकाम लिबाङमा रहेको बाल कल्याण नमुना माध्यामिक बिद्यालयमा तालाबन्दी गरेको छ । बिद्यालयले शिक्षा नियमावली बिपरित कार्यगरेको भन्दै ८ बुँदे बिज्ञप्ति जारीगर्दै तालाबन्दी गरेको हो ।

कक्षा १० का बिद्यार्थीहरुबाट भर्ना सुल्क २५ सय लिएको, अंग्रेजी र नेपाली माध्यामबाट पठनपाठन गराई शिक्षामा विभेद सृजना गरेको, एसएलसी उतिर्ण विद्यार्थीहरुको ६ सय तिरेर प्राप्त हुने लब्धाङक पत्रमा २७ सय ५० लिएको आरोपमा तालाबन्दी गरिएको छ ।

यसैगरी कक्षा १० का बिद्यार्थीहरुलाई अनिबार्य होस्टेल बस्न बाध्य बनाई ५ हजार लिएको, कोचिङ कलासको नाममा महँगो फिस उठाएको लगायतका आरोप सहित बिद्यालयमा तालाबन्दी गरेको अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला अध्यक्ष हरिबहादुर वलीद्वारा जारी बिज्ञप्तिमा जनाएइको छ ।

बिद्यालयका समस्याहरुलाई लिएर सम्बन्धित पक्षलाई पटक–पटक सच्याउन ध्यानाकर्षण गराउदा पनि मुखदर्शक भएको भन्दै अनिश्चितकालका लागि तालाबन्दी गरेको अध्यक्ष ओलीले जानकारी दिनुभएको छ ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष महेश न्यौपानेलाई तालाबन्दी भएको बिषयमा बुझ्दा, उनीहरुले राखेका मागहरु बारे आफु अनविज्ञ रहेको तर बुझेर छलफलद्वारा समस्या हलगर्ने बताउनुभएको छ ।।

प्रकाशित मिति : २०७८ मङ्सिर २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्