२०८२ बैशाख ११ गते बुधवार

विरोध प्रदर्शनमा सहभागी हुन कांग्रेस दाङ क्षेत्र नम्बर २ को अपील



२८ मंसीर। 
सरकारको विरुद्धमा भोली सोमवार नेपाली कांग्रेसले देशभर आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ले सम्पूर्णमा अनुरोध गरेको छ । नेपाली कांग्रेसको आयोजनामा देशैभर हुने विरोध पदर्शन कार्यक्रम अन्तरगत नेपाली कांग्रेस दाङको आयोजनामा दाङमा हुने विरोध सभामा उपस्थित हुन क्षेत्रीय समितिले सम्पूर्ण दाङबासीहरुमा अनुरोध गरेको हो ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी र सचिव बद्रिकुमार खड्काले सरकारको सर्वसत्तावादी प्रवृति, कोभिड–१९ निउन्त्रणमा असफलता, स्वास्थ्य सामाग्रीमा अनियमितता, राज्यआतंक, चर्को मुल्यवृद्धि, भ्रष्टाचार, महिला हिंसा, कर वृद्धि र कुशासनको विरुद्धमा हुने बृहत विरोध प्रदर्शनमा सहभागी हुन सम्पूर्ण नेता कार्यकर्ता, भातृ संघसंगठन, सुभेच्छुक संघसंस्था, उद्योगी, व्यापारी एवं सर्वसाधारणहरुमा अपील गर्नुभएको छ ।
विहान साढे ११ बजे पार्टिका कार्यालयबाट सुरु हुने विरोध पर्दशनलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्