२०८२ बैशाख ९ गते सोमवार

कपुरकोटको एक विद्यालयका शिक्षकहरुमा कोरोना भेटिएपछी पौष १० सम्म विद्यालय बन्द



 २८ मंसिर

गत मंसिर ७ गतेदेखी खुलेको सल्यान कपुरकोटको एक सामुदायीक विद्यालय शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछी आगामी पुष १० गते सम्म बन्द भएको छ । कपुरकोट गाउँपालिका वडा नं ४ किमुचौर स्थित नेपाल राष्ट्रिय माध्यमीक विद्यालयमा आइतबार देखी पुष १० गते सम्म पठनपाठन बन्द गरिएको निमित्त प्रधानाध्यापक डिल्ली कुमार डाँगीले जानकारि गराए ।

विद्यालयका प्रधानाध्यापक सहित ८ जना शिक्षकमा कोरोना संक्रमण देखिएपछी कपुरकोट गाउँपालिकासंगको समन्वयमा विद्यालयको पठनपाठन बन्द गरिएको निमित्त प्रअ डाँगीले जानकारि दिए । संक्रमीत ८ शिक्षक मध्ये एक जना कोरोना मुक्त भइसकेका छन् भने थप ६ जना शिक्षकको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।

विद्यालयले आइतबार एक सूचना प्रकाशित गरी विद्यार्थीमा कोरोना संग मिल्दो जुल्दो कुनै पनि लक्षण या चिन्ह देखिएमा कपुरकोट गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । मा वि किमुचौरले तीन सिफ्टमा कक्षा सञ्चालन गर्दै आएको थियो ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्