२०८१ चैत्र १० गते आइतवार

दाङमा कोरोना भाइरस संक्रमितको संख्या ३३ सय नजिक, ४४ जनाको मृत्यु



२८ मंसिर । दाङमा कोरोना भाइरस संक्रमितको संख्या ३३ सय नजिक पुगेको छ । बितेको २४ घण्टामा थप तीन जनमा संक्रमण देखिएसंगै अहिलेसम्म कुल संक्रमितको संख्या ३ हजार २ सय ९१ पुगेको छ । जिल्लामा अहिलेसम्म परिक्षण गरेकामध्ये १४ दशमलव ४२ प्रतिशतलाई कोरोना संक्रमण देखिएको छ ।

अहिलेसम्म २२ हजार ८१९ जनालाई कोरोना परिक्षण गरिएकोमा १४ दशमलव ४२ अर्थात ३ हजार २ सय ९१ जनालाई संक्रमण देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । संक्रमितमध्ये २ हजार ९ सय ९२ जना संक्रमण मुक्त भएका छन् भने अहिले २ सय ५५ जना सकृय संक्रमित छन् । ति मध्य ४७ जना संस्थागत आइशोलेशनमा र २ सय ८ जना घरमै बसेको कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । यस्तै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।।

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्