२८ मंसिर । लुम्बिनी प्रदेशको राजधानी कहाँ भन्दा दाङ हो भन्दा गर्भले मुटु फुलिन्छ । जो कोहिले पनि लाग्न सक्छ दाङमा हरेक सेवा सुबिधा छ त्यहाँको वातावरण राम्रो छ भनेर । तर उक्त व्यक्ति जसले दाङको वातावरण राम्रो छ भनेर कल्पना गरेको हुन्छ उ एकछिन तुलसीपुर चोकमा उभियो भने धुलाम्मे भएर घर तिर फर्कनेछ र भन्नेछ हैन यतै ठिक छ ।
दाङको केन्द्र मानिने त्यही माथि लुम्बिनी प्रदेशको राजधानी घोराही उपमहानगरपालिका वडा नं १५ मा रहेको तुलसीपुर चोकको अवस्था निकै नाजुक बन्दै गएको छ । दिउँसोको समयमा धुलाम्मे सडक बिहान भने हिलाम्मे देखिन्छ । यसको मतलब यो हैन कि बिहान धेरै पानी पर्छ । केही समय यता स्थानीय व्यवसायीहरु मिलेर धुलोलाई न्युनिकरण गर्न पैसा उठाएर बिहान सडकहरुमा पानी हालेको स्थानीय व्यापारी अरुण पन्थीले बताउनुभयो । विगत दश वर्ष देखि व्यापार गर्दै आउनुभएका पन्थी धुलोधुवाले पनि दश वर्षसम्मै पछ्याइरहेको बताउनुभयो ।
नागरिकहरुको स्वास्थ्यमा दिनानुदिन असर गरिरहेको थाहाँ पाए पनि स्थानीय सरकारले वास्ता नगरेको गुनासो गर्नुभयो । समस्या समाधानको निम्ति वडा, नगरपालिका धाइरहे पनि दुई तिन दिन ट्याङ्करबाट पानी सडकमा हालेको भए पनि अहिले भने नहेरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो नगरपालिकाले यो काम हाम्रो हैन भन्छ, सडक डिभिजनले बाटोको मुद्धा छ भन्छ आखिर गर्न खोजेको के हो ? यसरी नागरिकलाई भ्रममा पार्ने काम भइरहेको पन्थीले बताउनुभयो ।